म्याग्दीमा एकैदिन थपिए १७२ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा आइतबार थप १७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा ७६ जना , मंगला गाँउपालिकामा ६जना , रघुगंगा गाँउपालिकामा ३१ जना, अन्नपूर्ण गाँउपालिकामा १जना, मालिका गाँउपालिकामा २७जना र जलजला गाउँपालिकाका ४ जना गरी १४५ जना (पिसिआर विधिबाट) र बेनी नगरपालिकाका ३जना, अन्नपूर्ण गाउँपालिकाका ६जना, मालिका गाउँपालिकाका १ ७ जना, र जलजला गाउँपालिकाका १ जना गरी २७ जना(एन्टीजेन विधिबाट) गरी जम्मा १७२ जना रहेका छन् ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १४८८ जना पुगेको छ ।संक्रमित मध्य पिसिआर विधिबाट ११८० जना र एन्टिजेन विधिबाट ३०८ जना पहिचान भएका हुन् ।यसैगरी आइतबार ५३जना संक्रमित निको भएका छन् । जिल्लामा ४९६ जना सक्रिय संक्रमित रहेका छन् । अझै ३१४ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार