जावलाखेल भलिबल टिमका म्यानेजरसंगै तीन जना अवैध लागु औषधसहित पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले अवैध लागु पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जावलाखेल भलिवल टिमका टिम म्यानेजर अनुप श्रेष्ठसंगै थप दुईजनालाई लागू औषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिनुभयो ।

पक्राउ पर्ने थप दुई जनामा अमृता खड्का र परदु गुरुङ रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागु औषध एम्फेटामाइन आइस बरामद गरेको छ । अनुपले एम्फेटामाइन आइसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अमृता र परदु लागु औषध प्रयोगकर्ता हुन् । अनुपसंग लागु औषध किन्न गएका बेला प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।अनुपको कोठाबाट प्रहरीले लागु औषध तौल गर्ने डिजीटल तराजु, प्लाष्टिकका प्याकेट र तीन वटा मिसाएर प्रयोग गर्ने लागु पदार्थ पनि बरामद गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार