म्याग्दीमा थपिए २४ जना कोरोना संक्रमित , सक्रिय संक्रमित संख्या २४१

बेनी ।म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १जना ,जलजला गाउँपालिकामा २जना गरी १२ जनामा पिसिआर बिधिबाट र बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा २ जना , रघुगंगा गाउँपालिकामा ७ जना ,जलजला गाउँपालिकामा १ जना गरी १२ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १९१९जना पुगेको छ । संक्रमित हुनेमा पिसिआरबाट १४५७जना र एन्टिजेनबाट ४६२ जना पहिचान भएका हुन्। जिल्लामा सक्रिय संक्रमित २४१जना रहेका छन् । आज ५८जना संक्रमित निको भएका छन् । अझै ३२ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार