देशभर थप २,०१६ जनामा कोरोना संक्रमण , ३० को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ४ आरटी पिसिआर र ४ हजार ८ सय ६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार १६ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३२ हजार ३ सय २६ जनामा र एन्टिजेन विधिबाट ३१ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३० जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९१.९ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार