म्याग्दीमा कोरोना संक्रमणको दर बढ्ढै ,३३ जना थपिए

बेनी । म्याग्दीमा आज थप ३३ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १० जना , मंगला गाउँपालिकामा ६ जना , रघुगंगा गाउँपालिकामा ४ जना, अन्नपुर्ण गाउँपालिकामा ३ जना र जलजला गाँउपालिका  घर भई बेनीमा बस्ने ३ जना गरी २६ जना पिसिआर विधिबाट र धवलागिरी गाउँपालिकामा  १ जना , मंगला गाउँपालिकामा २ जना र रघुगंगा गाउँपालिकामा ४ जना गरी ७ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

सोमबार जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २४५३ जना पुगेको छ । संक्रमित मध्य १६५२ जना पीसिआरबाट र ८०१ जना एन्टिजेनबाट विधि परिक्षणमा पहिचान भएका हुन् । जिल्लामा १५२ जना सक्रिय संक्रमित रहेका छन् । आज १० जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार