म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि ,निको भए २२

बेनी । म्याग्दीमा मंगलबार थप ३१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ९ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा ४ जना , मंगला गाउँपालिकाका २ जना, धवलागिरी गाउँपालिकाका १ जना, जलजला गाउँपालिकामा १ जना गरी १८जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका २ जना, मंगला गाउँपालिकामा ६ जना ,रघुगंगा गाउँपालिकामा २ जना ,मालिका गाउँपालिकाका २ जना र जलजला गाउँपालिकामा १ जना गरी १३ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १९५०जना पुगेको छ ।संक्रमित मध्य पिसिआरबाट १४७५जना र एन्टिजेनबाट ४७५ जना पहिचान भएका हुन्। जिल्लामा सक्रिय संक्रमितको संख्या २४७ जना रहेका छन्। यसैगरी मंगलबार २२ जना संक्रमित निको भएक छन् । अझै २९ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार