प्रधानमन्त्री ओली र ठाकुरबीच निर्णायक वार्ता, सहमति भए आजै शपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज सरकारमा सहभागिताबारे निर्णायक वार्ता गर्दै छ । नेताहरुका अनुसार सहमति भए जसपाबाट मन्त्री भएकाहरुको आजै शपथ हुने छ ।

जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेका छन् । वार्ताका लागि जसपा नेताहरु आजै बालुवाटार जाँदै छन् । जसपा ८ मन्त्रालयसहित सरकारमा सामेल हुँदै छ । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो । स्रोतका अनुसार मन्त्रीको संख्या र मन्त्रालय टुंगो लागे पनि राजनीतिक मुद्दाहरुको सम्बोधनको गृहकार्य भइरहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार