मध्यपुरथिमी । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुकी १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो। घरमा पढाउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो।
ती बालिकालाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुर्व्यवहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो। रासस