आज बस्ने भनिएको गण्डकी प्रदेशसभाको बैठक स्थगित

कास्की । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारण आइतबारको प्रदेशसभा बैठक स्थगित भएको हो ।

शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने अडान दिनुभएको थियो । तर, उहाँको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए ।विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने अडान लिएका थिए ।

प्रतिपक्षले प्रत्येक सांसदहरुले १० मिनेट प्रस्तावका बारेमा आफ्ना भइरा राख्न दिनेगरी अगाडि नै बैठक डाकेर अविश्वासका प्रस्तावमा छलफल चलाउनु पर्ने माग गरेको तर, सरकार त्यसमा सहमत नभएपछि बैठक अवरुद्ध गरिएको हो ।

प्रदेशसभा सचिब हरिराज पोखरेलले आइतबारको प्रदेशसभा बैठक स्थगित भएको बताउनुभयो । उहाँले शनिबार भएको कार्यपरामर्श समितिमा आवश्यक सहमति जुट्न नसकेकाले आइतबारको बैठक स्थगित भएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार