म्याग्दीमा थप एक साता लम्बियो लकडाउन ,खुकुलो बनाइने 

बेनी  । म्याग्दीमा निषेधाज्ञा (लकडाउन) थप एक साता लम्बिने भएको छ । कोरोना  संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन आज राती सकिदैछ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभीड-१९ संकट व्यवस्थापन केन्द्रले  खुकुलो बनाई थप एक साता लकडाउन थप गर्ने भएको हो ।

लकडाउनमा बैङक वित्तीय सस्था तथा सहकारी हप्ताको ६ दिन बिहान ८ बजेदेखि १२ बजे सम्म खुल्ला हुनेछन् ।  तरकारी, खाद्यन्न, बिउबिजन, कृषि औँजार, निर्माण सामाग्रीका पसलहरु पुस्तक पसल बिहान ५ बजे देखि ११ बजेसम्म खुल्ला हुने जनाइएको छ ।जारी लकडाउनमा अत्यावश्यक बाहेकका यातायातका सवारी साधन चल्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार