म्याग्दी कांग्रेसद्धारा गण्डकीका मुख्यमन्त्रीलाई बधाई

बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना ज्ञापन गर्नुभएको छ । सभापति गर्बुजाले सोमबार भेटेर मुख्यमन्त्रीलाई बधाई दिनुभएको हो ।उहाँले बजेटमा म्याग्दी जिल्लालाई प्राथमिकतामा राखिदिन अनुरोध गर्नुभएको छ  ।उहाँले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्षको बजेट ल्याउन माग गर्नुभएको छ । संविधान,संघियता र विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गर्नुभयो ।

भने सुशासन ,विपत व्यवस्थापन ,कोरोना संक्रमित ,संक्रमित परिवार,कोरोना प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गर्नुभयो । ‘अहिलेको मुख्य प्राथमिकता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्धको खोप हो ,खोपलाई प्राथमिकतामा राख्न आग्रह गर्दछु ’–सभापति गर्बुजाले भन्नुभयो ।

त्यस्तै सभापति गर्बुजाले गत बर्ष म्याग्दीमा बाढी पहिरोबाट ठुलो धनजनको क्षती भएको र यस बर्ष पनि बाढी पहिरोको उच्च जोखिमको सुचिमा रहेकोले विशेष प्राथमिकता दिन समेत आग्रह गर्नुभयो । बेरोजगार युवाहरुलाई रोजगारी दिने बजेट ल्याउन माग गरिएको छ ।

सोही अवसरमा सभापति गर्बुजा सहित गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरुले सामुहि रुपमा भेटेर मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरेका छन् ।सभापति गर्बुजा सहित सभापतिहरुले पुर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराएपछि मुख्यमन्त्री पोखरेलले त्यस बिषयमा बाहिर आएको कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो ।

यसैगरी सभापतिहरुले कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिकादेखि संक्रमणका कारण जिवन गुमाएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी सहित आम नागरिकका परिवारलाई पनि नगद राहत उपलब्ध गराउन माग गरे ।म्याग्दीबाट सभापति गर्बुजा सहित जिल्ला सदस्य ओम छन्त्याल लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार