बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्थानीय तह ,प्रदेश र संघ सरकार तथा जनप्रतिनिधिलाई उद्धार र राहतमा जुट्न आग्रह गर्नुभएको छ । सभापति गर्बुजाले विज्ञप्ती जारी गर्दै अविरल रुपमा परेको बर्षातका कारण आएको बाढी पहिरो र नदी कटानले म्याग्दीमा ठुलो क्षती भएको भन्दै प्रभावित क्षेत्रमा उद्धार र राहतमा तत्काल जुट्न सरकार र जनप्रतिनिधिलाई आग्रह गर्नुभएको हो ।
‘केही दिनदेखी यता अविरल रुपमा परेको बर्षाका कारण आएको बाढी पहिरो तथा नदी कटानले म्याग्दीमा ठुलो क्षती पु¥याएको छ ,’–सभापति गर्बुजाले भन्नुभयो ,‘क्षती पु¥याएका स्थानमा तत्काल पीडितलाई राहत उपलब्ध गराउन ,जोखिम बस्तीहरु स्थानान्तरण गर्न , स्थानान्त्रित नागरिकलाई तत्काल खानपिन ,बसोबासको व्यवस्था मिलाउन सबै ताहका सरकार र जनप्रतिनिधि आग्रह गर्दछु ।’ साथै उहाँले संघिय सरकारलाई कोभिड–१९ विरुद्धको खोप तत्काल नागरिकलाई उपलब्ध गराउन समेत माग गर्नुभयो ।
गत बर्ष म्याग्दीमा भएको प्राकृतिक प्रकोपमा नेपाली कांग्रेस म्याग्दी मार्फत पीडित परिवारलाई सहयोग उपलब्ध गराइएको स्मरण गर्दै सभापति गर्बुजाले यस बर्ष पनि सहयोग गर्न सबैलाई विज्ञप्ती मार्फत आह्वान गर्नुभएको छ ।यसैगरी सभापति गर्बुजाले जिल्ला स्थित नेता,कार्यकर्ताहरुलाई पनि बाढी पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा खट्न निर्देशन समेत दिनुभएको छ । ‘सुरक्षित स्थानमा बसोबास गर्न ,विपदको सुचना जानकारी दिन र विपदमा परेका पीडित नागरिकलाई उद्धार तथा सहयोग गर्न र सरकार मार्फत राहत पु¥याउने काममा सक्रिय रहन सबैलाई आग्रह गर्दछु ,’–सभापति गर्बुजाले भन्नुभयो ।