काठमाडौं । जुम्ला र जाजरकोटको सिमाना कुशे गाउँपालिकाको जलजला पाटन क्षेत्रमा बेपत्ता भएका सात जनाको उद्धार गरिएको छ । कुशे गाँउपालिका वडा नम्बर ८ र ९ औलरिजाको ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मीमबहादुर खड्का र कुशे–९, का ४० वर्षीय कृष्ण रोकाया शुक्रबार बिहान भेटिएका छन् ।
जाजरकोट प्रहरीका अनुसार खाना नखाएका र चिसोका कारण उनीहरुको अवस्था नाजुक भएकाले प्राथमिक उपचार पाटनमा नै गरिएको छ। मंगलबार गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाउँपालिका ८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जनामध्ये सातजना बेपत्ता भएको थिए ।
जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो । रातोपाटीबाट