एनआरएन नर्वेका उपाध्यक्ष शाहीद्धारा बेनी अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

बेनी । म्याग्दीको बेनी नगरपालिका–४,डाँडाखेत घर भई हाल नर्वेमा बस्दै आउनुभएका समाजसेवी एवं एनआरएन नर्वेका उपाध्यक्ष जिवनबहादुर शाहीले बेनी अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । कोरोना महामारीको समयमा संक्रमित विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले अस्पताललाई ४० लिटर क्षमताको चार वटा अक्सिजन सिलिण्डर खरिद गरेर बेनी अस्पताललाई उपलब्ध गराउनुभएको हो ।

उपाध्यक्ष शाहीको आर्थिक सहयोगमा खरिद गरिएको उक्त अक्सिजन सिलिण्डर उहाँका आफन्त एवं नेपाली कांग्रेस म्याग्दीका सह–सचिव भरतबहादुर रकालले विहिबार एका कार्यक्रमका विच बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाल ,अस्पतालका मेसु डा.जितेन्द्र कंडेल लगायतलाई हस्तान्तरण गर्नुभएको हो । कोरोना महामारीको समयमा अस्पतालमा विरामीको उपचारमा सघाउने उद्धेश्यले अक्सिजन सिलिण्डर सहयोग गरिएको शाहीले बताउनुभयो ।

शाहीले यसअघि भुकम्प र बाढी पहिरोले क्षति पु¥याएको समयमा जिल्लामा बिभिन्न बिद्यालय दिपक माबि पात्लेखेत , मुसुङ्ग डोले आधारभुत बिध्यालय बालमन्दिर आधारभूत बिध्यालय डाडाखेत , धौलागिरि माबि लगाएतका क्षेत्रमा सहयोग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार