ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत । कर्णाली राजमार्गमा ट्रकले ठक्कर दिँदा एकजना सडक मजदुरको ज्यान गएको छ ।

कर्णाली राजमार्ग अन्र्तगत दैलेखको दुल्लु नगरपालिका–२ कुवाखोलामा सुर्खेत देखि जुम्ला जाँदै गरेकोे भे १ ख २३९७ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा दुल्लु नगरपालिका–६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्तीको मंगलबार बेलुकीपख मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ती व्यक्ति सडकको कुनामा काम गरिरहेका थिए । सोही अवस्थामा मिनी ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार