रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको मृत्यु

सर्लाही । सर्लाहीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको हो । नेपाली काँग्रेसबाट निर्वाचित बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ ।

हृदयघातका कारण अध्यक्ष बर्माको मृत्यु भएको परिवारका सदस्य राहुल श्रीवास्तवले बताउनुभयो ।अन्दाजी ७० वर्षीय अध्यक्ष बर्मा २०३५ सालदेखि गाविस अध्यक्ष हुँदै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

रामनगर गाउँपालिकाको खैर्वा निवासी रहेका अध्यक्ष बर्मा ५ पटकसम्म गाविस अध्यक्ष रहिसकेका हुनुहुन्छ भने उहाँ नेपाली काँग्रेसको महासमिति सदस्य हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई काठमाण्डौबाट पैतृक गाउँ खैर्वा ल्याई अन्तिम दाहसंस्कार गरिने जनाइएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार