‘डेट एक्स्पायर्ड’ डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम निकाल्ने दुई जना पक्राउ

काठमाडौं । डेट एक्स्पायर्ड डेबिट कार्ड प्रयोग गरी एटीएम बुथबाट रकम निकालेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने ५७ वर्षीय जगत वहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले गैरकानुनी रुपमा एटीएमबाट पैसा निकालेको सूचनामा आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरेको हो ।

उनीहरुले विदेशी डेबिट कार्डको प्रयोग गरेर चावहिल, कालोपुल, हात्तीसार भाटभटेनी ईलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट २१ लाख बरामद भएको छ भने १० लाख ५० हजार सहकारीमा राखेको बताएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार