बैंकिङ कसुरमा १५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बुढानिलकण्ठ नगरपालिका-३ का ५९ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार उनलाई चक्रपथ क्षेत्रबाट पक्राउ गरेको हो।

ब्युरोका अनुसार लामालाई २०७७ माघ ९ गते उच्च अदालत पाटनले सात दिन कैद र १५ लाख रूपैयाँ जरिवानाको फैसला गरेको थियो।त्यसयता उनी फरार रहेका थिए। २०७५ सालमा व्यापार गर्न भनी उनले ऋण लिएर पीडितलाई पर्याप्त मौज्दात नभएको चेक दिएका थिए।

पीडित चेक बाउन्समा गई प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान सुरू भएको थियो । उनलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार