लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन ।​

ब्राजिलको माराकाना रंगशालामा आज बिहान भएको खेलमा घरेलु टिम ब्राजिललाई १ शुन्य गोल अन्तरले हराएर अर्जेन्टिनाले उपाधि पनि जितेको छ ।मेस्सीले सो प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधी समेत हात पारेका छन ।

मेस्सीले प्रतियोगिताभर ७ खेल खेल्दै ४ गोल गरेका थिए । ३४ वर्षीय मेस्सीले पाएको यो उपाधि उनको जीबनकै पहिलो अन्तराष्ट्रिय उपाधि पनि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार