प्रतिनिधिसभा पुन:स्थापना गरेलगत्तै ओली समर्थकहरुद्धारा प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि एमाले निकटको युवा सङ्घ सडकमा आएको छ । युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा आएको हो ।

राजधानीको माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए । माइतीघरमा भेला हुनका लागि एमाले नेता महेश बस्नेतलगायतले सार्वजनिक आह्वान समेत गरेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार