यातायात व्यवसायीको विरोध र्‍याली : काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । भाडा समायोजन माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

व्यवसायीले साना ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको छ ।

व्यवसायीले चक्रपथमा सवारी र्‍याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । साथै उनीहरुले कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउनुपर्ने, कोरोना समयमा नवीकरण या जरिवाना छुटको माग राखेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार