चीनले जित्यो पहिलो स्वर्ण पदक

काठमाडौँ । टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदक चीनले जितेको छ । शनिबार बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जित्नुभएकाे हाे ।

२१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराउनुभएकाे हाे । त्यस्तै उक्त स्पर्धामा स्विजरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक जित्नुभएकाे छ ।सन् १९६४ पछि टोकियोले फेरि ओलम्पिक आयोजना गर्दा ३३ खेलमा ११ हजार बढी खेलाडीले अगस्ट ८ सम्म प्रतिस्पर्धा गर्दै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार