बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका—३ का ८६ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो । साउन ८ गते कोरोना संक्रमण पुष्टी भएका उनलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको कोभिड निमोनियाका कारण बुधबार दिउँसो २ बजेर ४७ मिनेट जाँदा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । योसंगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार