देशभर थप ३,६११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८३ आरटी पिसिआर र ४ हजार ८ सय ७८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ६ सय ११ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९३ हजार १ सय ९ जनामा र एन्टिजेन विधिबाट ६० हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २७ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १६ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.१ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार