काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ आरटी पिसिआर र ४ हजार २ सय ५६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार १ सय ६ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९५ हजार ३ सय ८९ जनामा र एन्टिजेन विधिबाट ६१ हजार ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २३ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय १६ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.१ प्रतिशत छ ।