कोरोना खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरूद्धको खोप लगाएको प्रमाण पत्र वितरण गर्दा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ।

आइतबार सूचना जारी गर्दै मन्त्रालयले केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै ती अस्पताललाई शुल्क नलिन भनेको छ। अहिले उपत्यकाका चार अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र वितरण गरिरहेको छ। जसमा टेकु, पाटन, सिभिल र एपिएफ अस्पताल छन्।

पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ। खोप लगाएपछि विदेशमा जाँदा क्वारेन्टिन बस्नुनपर्ने भएपछि अहिले सबै कामदारहरूले खोप लगाएको प्रमाण पत्र लिने गरेका हुन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार