देशभर थप २५६८ जनामा कोरोना संक्रमण, २०२० संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २ आरटी पिसिआर र ४ हजार २ सय ३४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ५ सय ६८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९७ हजार ३ सय ७० जनामा र एन्टिजेन विधिबाट ६१ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १८ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २० जनाले कोरोना जितेका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.१ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार