एन्फाका प्रवक्ता राईद्धारा पदबाट राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिनुभएको छ । सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई उहाँले राजीनामा बुझाएका हुन् ।

प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नाटक गरेको भन्दै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेको घटनाबाट प्रवक्ता राई रुष्ट हुनुहुन्थ्यो । उहाँले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै प्रवक्ताको जिम्मेवारी त्याग्ने संकेट गर्नुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार