म्याग्दीमा घटेन कोरोना संक्रमणदर ,२४ जना थपिए

बेनी ।म्याग्दीमा कोरोना संक्रमणदर बढ्ढै गएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार पीसिआर विधिबाट गरिएको परिक्षणबाट बेनी नगरपालिकामा २ जना , धवलागिरी गाउँपालिकामा १ जना ,पर्वतको जलजला गाँउपालिका घर बेनीमा बस्ने ३ जना र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ४ जना, अन्नपुर्ण गाँउपालिकामा १२ जना, पर्वतको जलजला गाँउपालिका घर भई बेनीमा बस्ने २ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २९४० जना पुगेको छ।(पिसिआरबाट १८६५ जना र एन्टिजेनबाट १०७५)। जिल्लामा १२० जना सक्रिय संक्रमित हुनुहुन्छ। शनिबार १३ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार