१३० ग्राम ब्राउन सुगरसहित पाँचजना पक्राउ

सुनसरी । सुनसरीको इनरुवाको बसपार्कबाट प्रहरीले सप्तरीका पाँच जनालाई १ सय ३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी–१४ बस्ने २० वर्षीय अमोदकुमार यादव, रामपुर मलहनिया–१४ बस्ने २४ वर्षीय विनोदकुमार कामत, तिलाठी कोलारी–४ बस्ने २० वर्षीय ईनरकुमार मुखिया, सोही वडा बस्ने १९ वर्षीय रमेश मुखिया र कार चालक २२ वर्षीय फूलकुमार मुखिया रहेका छन् ।

प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेपनि मंगलबार बिहान सार्वजनिक गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकेर तलासी ब्राउन सुगर बरामद भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच मोरङको उत्तरी क्षेत्रमा पर्ने लेटाङ नगरपालिका–९ बुढौली चौकबाट लागूऔषधसहित लेटाङ–८ बस्ने २४ वर्षीय पदमबहादुर राई पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले उनको साथबाट ३ सय ७० ट्याब्लेट स्पासपेन बरामद गरेको हो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार