
काठमाडौं । नेपाल सरकारले डा. उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सदस्य पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो।
स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षबाट प्रसादलाई सदस्यमा नियुक्त गरिएको हो । जेएनयूबाट पीएचडी गर्नुभएका रौतहटका अर्थशास्त्री प्रसादले त्रिभुवन विश्वविद्यालयमा अध्यापन पनि गराउँनुहुन्छ। रातोपाटीबाट