राष्ट्रपति भण्डारीद्वारा प्रदेश २ का प्रमुख झा पदमुक्त (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रमुख राजेश झा (अहिराज) लाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले झालाई प्रदेश प्रमुखमा पदमुक्त गरेको थियो । अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार