दुई सांसदलाई पदमुक्त गर्न लुम्बिनी प्रदेशसभा सचिवालयलाई एमालेको पत्राचार

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न पत्राचार गरेको छ। प्रदेशसभामा एमालेका मुख्यसचेत भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको बताउनुभयो।

उहाँहरूले पार्टीको नीति निर्देशन मान्नुभएन, पार्टीको ह्विपविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गर्ने, तथा संसदीय दलको निर्देशनविपरीत नवगठित मन्त्रिपरिषदमा सहभागी हुने गरेकोले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौं,झ ढकालले भन्नुभयो। अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए।

विमला खत्री ओली एमाले नेता उत्तर कुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन्। शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन्। ओली भने कहिले एमाले, कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आउनुभएको छ । पछिल्लो समय उहाँले आफूले माओवादी केन्द्र रोजेको भन्दै सोही दलका गतिविधिमा सहभागी हुँदै आउनुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार