माछा मार्ने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु

काठमाडौँ । सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान नौ बजे सप्तरी खडक नगरपालिका वडा नम्बर ३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो।

उनी घरदेखि करिब १५० मिटर पश्चिममा रहेको पोखरीमा माछा मार्न गएका थिए । त्यसैक्रममा उनी अचानक पानीमा लडेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । स्थानीयहरूले अचेत अवस्थामा देखेपछि उपचारको लागि उनलाई युनिक अस्पताल रुपनी लगिएको थियो। त्यहाँ पुग्दा चिकित्सकले मृत घोषण गरेका थिए। पोष्टमार्टमको लागि शव गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार