
काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ ।कुनै पनि राजनीतिक दल विभागन गर्नका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश ल्याएको हो । माधव नेपालसँगको छलफलपछि दल विभाजन गर्नका लागि २० प्रतिशत पुग्ने गरी मस्यौदामा प्रतिशत राखिएको हो । गृह र कानून मन्त्रालयबाट मस्यौदा भएर जाँदा प्रतिशत राखिएको थिएन । यो अध्यादेशले माधव नेपाल र महन्थ ठाकुरलाई पार्टी विभाजन गर्न सहज हुनेछ ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिनुभयो । नागरिक खबरबाट