
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंमा धर्ना गरेको छ । टीकापुर घटनाको ६ वर्ष पुगेको सन्दर्भमा थरुहट केन्द्रीय संयोजन समितिको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु भएको हो ।
टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्न माग गर्दै तेस्रो चरणको अभियान अन्तर्गत विरोधका कार्यक्रम सुरु गरिएको मोर्चाले जनाएको छ ।उनीहरुले टीकापुर घटनामा चलाइएका मुद्दा फिर्ता लिनुपर्ने, सरकारले गठन गरेको देवीराम शर्मा आयोगको प्रतिवेदन सार्वजनिक गर्नपर्नेलगायत माग राखेका छन् । नागरिक खबरबाट