म्याग्दीमा फेरी उकालो लाग्दै कोरोना संक्रमण ,३६ जना थपिए

बेनी । म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९­) संक्रमितको संख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार म्याग्दीमा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाको बेनी नगरपालिकामा १८ जना, मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, धवलागिरी ग‍ाँउपालिकामा १ जना, रघुगंगा गाँउपालिकामा ३ जना, अन्रपुर्ण गाँउपालिकामा १ जना , जलजला गाँउपालिका घर भई बेनीमा बस्ने १ जना गरी जम्मा २७ जनामा पिसिआर बिधिबाट साथै बेनी नगरपालिकामा ४ जना, मंगला गाँउपालिकामा ३ जना, अन्रपुर्ण गाँउपालिकामा १ जना र जलजला गाँउपालिकामा १ जना गरी जम्मा ९ जनामा एन्टिजेन बिधिबाट गरीएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ३१०२ जना पुगेको छ। (पिसिआरबाट १९५३ जना र एन्टिजेनबाट ११४९ )। जिल्लामा १२२ जना सक्रिय संक्रमित रहेका छन् । भने विहिबार मात्र १८ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार