सात किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले बाराबाट सात किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-८ का ४५ वर्षीय अमितकुमार कुर्मी र ५० वर्षीय वासुदेव महतो रहेका छन्।

दुबैलाई जितपुरसिमरा-१५ स्थित दुधौरा खोलाको बगरबाट बिहीबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताउनुभयो । उनीहरूले दुई पोकामा सात किलो गाँजा बोकेका थिए। दुबैलाई लागुऔषध गाँजा शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखिएको कुँवरले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार