जन्मदिनमा क्सान्सर पीडितलाई सहयोग

बेनी । सञ्चारकर्मी पवित्रा खत्रीले आफ्नो जन्मनिको अवसरमा क्यान्सर पीडित विरामीलाई सहयोग गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्च कटाएर आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि भरतपुर क्यान्सर अस्पतालमा उपचारत बिनिता शर्मालाई आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनीयन म्याग्दीका पुर्ब अध्यक्ष पत्रकार धु्रबसागर शर्माकी छोरी बेनी नगरपालीका –२ बगरफाँट निवासी शर्माको उपचारका आर्थिक संकलन भइरहेको छ ।किसानी माबी बिममा जेटिए अध्ययन गर्दै गर्नुभएकी १९ बर्षिया बिनितालाइ स्वास्थ्यमा समस्या देखिएपछि बेनी अस्पताल र पोखरामा चेकजाँच पछि डाक्टरको रिपोर्ट अनुसार क्यान्सर रोग लागेको थाहा भएको थियो ।

उपचारको समय धेरै लाग्ने र खर्च पनि बढी लाग्ने भएको हुँदा सहयोगका अपिल गरिएको छ । उपचारमा सघाउने उद्धेश्यले नेपाल प्रेस युनियन म्याग्दीले विनिता बचाउ अभियान संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार