काठमाडौंमा सुरु भयो गाईजात्रा

काठमाडौं । काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेका देशका विभिन्न क्षेत्रमा आज गाईजात्रा पर्व मनाइँदै छ ।

विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई या गाईको चित्र अंकित तस्बिर बोकेका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर परिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

मृत्यु भएका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिंड्नेलाई निकालेर नगर घुमाउँदा मृतात्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

काठमाडौं उपत्यकामा आज विहानैदेखि वर्षा भैरहेकाले बसन्तपुर क्षेत्रमा सर्वसाधारणहरु छाता ओडेरै भए पनि जात्रामा सहभागी भएको देख्न सकिन्छ । कोरोना संक्रमण जोखिम कायमै रहेकाले अधिक भिडभाड नगरी स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न सरकारले आह्वान गरे पनि भिडभाडको दृष्टिकोणले सरकारी आह्वानको पूर्ण पालना भएको भने देखिंदैन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार