प्रहरीको खोजी सूचीमा रहेका सहनीको भारतमा गोली हानेर हत्या

रौतहट । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रौतहटको परोहा नगरपालिका घर भएका बिन्दबासिनी सहनी उर्फ ‘बीरवासनी’को भारतमा हत्या भएको छ । भारतको मोतिहारीमा उनलाई अज्ञात समूहले गोली हानेर हत्या गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रातोपाटीलाई बताए । प्रजिअ यादवले भने–‘अज्ञात समूहले हत्या गरेको सूचना आएको छ ।’

परोहा नगरपालिकास्थित बसन्तपट्टीटोलका सहनी नेपाल प्रहरीको खोजी सूचीमा थिए । रौतहटमा विभिन्न अपराधमा संलग्न ४५ वर्षीय सहनी लामो सयमदेखि भारतमा लुकेर बसेका थिए । उनी वसन्तपट्टी गाविसका पूर्वअध्यक्ष जोगिन्द्र सहनीका छोरा हुन् ।

शुक्रवार विहान बिहारको मोतिहारी जिल्लाको पूर्वीचम्पापुर बखरी नजिकै मोटरसाइकलमा हिँडिरहेका बेला सहनीलाई गोली हानेर हत्या गरेको तस्बिर सार्वजनिक भएको छ । उनी डेढ दशकदेखि सिमावर्ती भारत बस्दै आएका थिए । हत्या, अपहरण, फिरौती लगायतका मुद्दामा संलग्न सहनी द्वन्द्वकालमा प्रहरीको सहयोगी थिए । जिल्ला अदालत रौतहटले उनलाई एउटा मुद्दामा जेल सजायको फैसला गरेको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार