काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि दिइने

काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् । यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो ।

तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताउनुभयो । ‘भदौ ४ गतेदेखि पहिलो डोज लगाउन सुरु गरेका थियौं । तर बीचमा लगातार तीन दिन सार्वजनिक विदा पर्‍यो,’ उहाँले भन्नुभयो, ‘जसले गर्दा आज र भोलि थप दुई दिन पहिलो डोज दिन्छौं ।’

भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने उहाँले बताउनुभयो । खडकाका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार