म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा

म्याग्दी । म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा पर्नुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई हाल पोखरामा बस्दै आउनुभएका शर्मालाई नेपाल नेत्रहीन संघले वल्ड आइडलको मनोनयनमा छनौट गरेको हो ।

विश्वका विभिन्न मुलुकबाट आवेदन दिएर मनोनयनको छनौटमा परेकाहरुलाई अनलाईन भोटको आधारमा आइडल छनौट गरिनेछ । दृष्टिविहिनहरुको हक, हित र अधिकारका क्षेत्रमा सक्रिय रहनुभएका शर्माले आफुलाई अनलाईन भोट गरि आइडल जिताउने अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।
दृष्टिविहिन शर्मा २०५६ सालदेखि नेपाल नेत्रहीन संघ बागलुङ, इलाम र कास्की शाखाहरु र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर दृष्टिविहिन व्यक्तिहरुको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तिकरणका लागि सक्रिय हुनुहुन्छ ।

शर्माले कास्की नेत्रहीन संघ मार्फत पोखरामा नेपालकै पहिलो अडियो पुस्तकालय स्थापना, पोखरामा दृष्टिविहिनहरुका लागि सुचना प्रविधि तालिम, नेत्रहनि संघद्धारा अगाडी बढाईएका विभिन्न अभियानहरुमा नेतृत्वदायि भुमिकामा क्रियाशिल हुँदै आउनुभएको छ । शर्मा हाल अपांग महासंघ गण्डकी प्रदेशको अध्यक्ष र नेपाल नेत्रहीन महासंघको उपाध्यक्ष समेत हुनुहुन्छ ।

भोट गर्ने तरिका :

सुरुमा तलको लिङ्कमा जानुहोस। https://idol.chancefortheblind.org/vote/1978 त्यस पछि तपाइँको इमेल लेख्ने ठाउँ आउँछ त्यहाँ आफ्नो मेल लेख्नुहोस र submit गर्नुहोस। त्यसपछि तपाइँको इमेलमा confirmation मेसेज आउँनेछ, आफ्नो इमेल खोल्नुहोस र confirm your vote लिङ्कमा क्लिक गर्नुहोस। https://idol.chancefortheblind.org/vote/1978?fbclid=IwAR1zICH_MKAMtwB0L26-mt53IhVoKdsL5_FmTMKLYzXDgzIOloOw5ZmQHw8

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार