भीम आचार्यका भाइ मृत फेला

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यका भाइ ओछ्यानमै आज बिहान मृत फेला परेका छन् । आज बिहान ५९ वर्षीय राम आचार्यलाई ओछ्यानमै मृत फेला पारेको प्रहरीले जनाएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा मृत अवस्थामा रामलाई फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो। कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव फेला परेको प्रहरीको भनाइ छ ।

मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ। सो घटना प्रहरीले बिहान साढे १० बजेतिर थाहा पाएको हो । घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ । स्रोतका अनुसार कान्छा भाइको निधन भए पनि मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यलाई घटनाको जानकारी गराइएको छैन ।

उनलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन एमाले संसदीय दलको बैठक आज बोलाइएको छ। उनी काठमाडौंबाट अहिले बिहान विराटनगर आउने तयारीमा थिए। बिहान ११ बजे बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार