थपिए २४३३ कोरोना संक्रमित, १९२९ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय २ पीसीआर परीक्षण गर्दा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ एन्टिजेन परीक्षण गर्दा ३ सय ८१ गरी २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ५४ हजार ९ सय १५ जनामा र एन्टिजेन विधिबाट ८१ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय २९ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ भने ७ लाख ५ हजार ८ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ जना रहेका छन् । जसमध्ये ३५ हजार ३ सय ५४ जना होम आइसोलेसनमा , ३ हजार ३० जना संस्थागत आइसोलेसनमा र ३ सय ६६ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय २० जना आईसीयू र १ सय ६५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार