
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाणले बैठक बोलाएका छन् । गृह मन्त्रालयमा बस्ने बैठकमा सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल सहभागी हुनेछन् ।
बैठकमा बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोको क्षति र आगामी रणनीतिबारे छलफल हुने गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले बताउनुभयो । बैठकमा गृह मन्त्रालयको विपद् ब्यवस्थापन महाशाखाका प्रमुख पनि सहभागी हुनेछन् । रातोपाटीबाट