टेकुको प्रहरी परिसर नजिकै आगलागी

काठमाडौँ । काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले बताउनुभयो ।

आगो एक निजी घरमा लागेको हो । आगो निभाउनका लागि एउटा दमकल पुगेको छ । एसपीका अनुसार आगो कसरी लाग्यो भन्ने विषय खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार