धादिङमा करेन्ट लागेर दुईजनाको मृत्यु

धादिङ । धादिङको गजुरी गाउँपालिका ५ गलौधीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पश्चिम अञ्चल सोलुसन्स प्रालीमा कार्यरत स्याङ्जा पुतली बजार घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बरालको करेन्ट लागेर मृत्यु भएको हो।

भने पोखराका भुबन बराल घाइते भएका हुन्। एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोड्न भर्याङ हाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ। घाइते भुबनलाई उपचारको लागि काठमाडौं पठाइएको छ भने मृतकलाई पोष्ट म्याटमको लागि गजुरी प्राथमिक उपचार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार