देशभर थपिए २२९५ कोरोना संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ९२ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय २ जना र ४ हजार ३ सय ४१ एन्टिजेन परीक्षण गर्दा ३ सय ९३ गरी २ हजार २ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ६१ हजार १ सय २४ जनामा र एन्टिजेन विधिबाट ८३ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको छ भने ७ लाख १४ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४जना रहेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार