बार्सिलोनाको केन्द्रमा टाँगियो मेस्सीको तस्बिर

एजेन्सी । लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनबाट डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए ।

तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ । अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ । पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५० औं वर्षगाँठ मनाउने क्रममा बार्सिलोना शहरको केन्द्रमा मेस्सीको तस्बिर अनावरण गरेको छ ।

यो चेन रेस्टुरेन्ट बार्सिलोनामा निकै प्रसिद्ध छ । यस रेस्टुरेन्टले सार्वजनिक गरेको तस्विरमा मेस्सी गोल्डेन बलस समातेर कुर्सीमा बसिरहेका छन् र तस्बिरको दाहिनेपट्टी गितार पनि छ । बार्सिलोनाबाट मेस्सीले २१ वर्ष खेलेका थिए । यसमध्ये १७ वर्ष उनले बार्सिलोनाको सिनियर टोलीबाट खेले । यसक्रममा ३५ वटा ट्रफी जिते ।

उनले चारपटक च्याम्पियन्स लिग र १० पटक ला–लिगा जितेका छन् । बार्साका लागि सर्वाधिक धेरै ट्रफी जित्ने, सर्वाधिक धेरै खेल खेल्ने, सर्वाधिक धेरै गोल गर्ने, सर्वाधिक धेरै एसिस्ट गर्ने कीर्तिमान उनको नाममा छ । मेस्सीको नाममा सर्वाधिक ६ पटक बेलोन डि’अर उपाधि जित्ने कीर्तिमान पनि छ । रातोपाटीबाट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार